Covid-19 का कारण विद्यार्थीहरूमा परेको असरहरु

Impact of covid-19 in students

Covid-19 का कारण विद्यार्थीहरूमा परेको शैक्षिक असर

जब महामारीको प्रभाव सकिन्छ र विद्यार्थीहरु पून विद्यालय फर्कन्छन् तब शिक्षकले निकै कठिनाइको सामना गर्नुपर्ने हुन्छ। कसरी उनीहरुले विद्यार्थीहरुलाई पुनः प्राप्ति गर्न र वर्षभर शैक्षीक बाटोमा रहन मद्दत गर्न सक्छन् । त्यस्तैगरी उच्च र कम शैक्षिक प्राप्ति गर्ने विद्यार्थीहरु बिच ठूलो अन्तर आउनेछ । यो समस्या एउटा चुनौतीको रुपमा रहेको छ। हुन त सहरतिरका निजी विद्यालयहरुले online class चलाएपनि त्यति प्रभावकारी देखिदैन । तर गाउँ का विद्यालयहरूमा यहि सुविधा पनि उपलब्ध छैन । यसैकारण विद्यार्थीहरूमा शैक्षिक प्राप्तिमा भिन्नता देखिनेछ । 

शिक्षण विद्हरु का अनुसार अधिकांश विद्यार्थीहरुको पढाई र गणितमा खस्किने छन् । यसको पून प्राप्तिकालागि उनीहरुलाई कम्तीमा पनि तीन महिनाको समय लाग्नेछ । यस समयमा शिक्षकहरुले कम प्राप्ति गरेका विद्यार्थीहरुमाथि धेरै ध्यान दिनुपर्नेछ । 

Impact of covid in students nepal


गरिब विद्यार्थीहरुमा परेको असर

महामारीले गरीब विद्यार्थीहरूमा बढी प्रभाव पार्छ, यसका धेरै कारणहरु छन् । जस्तै सुरक्षाको अवसर कम पाउनु जसले गर्दा राेगकाे खतरा बढ्नु , आर्थिक अवस्था ज्यादै नाजुक हुनु ुुुुुुुु र अन्य अतिरिक्त अध्ययनका सामग्रीहरुबाट पनि वञ्चित हुनु ‌ इत्यादि ।

Covid-19 ले विद्यार्थीमा पारेको केही सकारात्मक असरहरु

Covid-19 का कारण जिवन, रोजगार, तथा देशको अर्थतन्त्रकाे ठूलो क्षति भएको छ त्यसैले यसको कुनै पनि महत्वपूर्ण फाइदा त छैन तर बालबालिका को कुरा गर्दा यसका केही सकारात्मक कुराहरु छन् । Covid-19 का कारण भएको लकडाउनले विद्यार्थीहरुले आफू इच्छुक भएको विषयमा अध्ययन र अनुसन्धान गर्ने समय तथा मौका पाए । यसैगरी केही विद्यार्थीहरुले सिपमुलक कामहरु पनि सिके। उनीहरुले परिवार तथा आफन्तहरुसँग पनि समय बिताउने अवसर पाए । 

विद्यार्थीहरूमा परेको मानसिक असर

केही कुरा पढेपछि बिर्सनु विद्यार्थीका लागि स्वभाविक कुरा हो। यसको निराकरणका लागि विद्यार्थीहरुले समयसमयमा पढेका कुराहरुलाई पून स्मरण गर्ने गर्छन् । तर विद्यालय बन्द हुदाँ विद्यार्थीले पढेका कुरा बिर्सनुका साथै पुनःस्मरण पनि गर्दैनन् । यसैकारण उनीहरूको पढाइ निकै नाजुक हुन जान्छ । यस समस्याको समाधानका लागि विद्यालयले online class काे सुरुवात गरेपनि विद्यार्थीहरुका अनुसार यो त्यत्ति प्रभावकारी भएन। यसको मुख्य प्रभाव ११ र १२ का विद्यार्थीहरूमा परेको छ। पढेको कुरा केही पनि नसम्झिदा र परीक्षा छिटो भन्दा छिटो लिइनेछ भन्ने कुरा सुन्दा विद्यार्थीहरू धेरै चिन्ता लिने र depressed हुने जस्तो समस्या देखिएको छ ‌। तर पनि विद्यार्थीहरु यि सबै कुरालाई छाडेर आफ्नो परीक्षाकाे तयारी तिर ध्यान दिन थालेका छन् । 

 
Impact of covid-19 in students nepal


comment मा आफ्नो धारणा पनि दिनुहोला । धन्यवाद !

Reactions

Post a Comment

0 Comments