हाम्रो नेपाल : हाम्रो गौरव निबन्ध | Hamro Nepal Hamro Gaurav |

हाम्रो नेपाल : हाम्रो गौरव

नेपाल हाम्रो जन्मभूमि र देश हो । नेपाल एसिया महादेशको दक्षिणी भूखण्डमा रहेको छ । यो देश दुई ठुला देश भारत र चिनको बिचमा अवस्थित छ । भौगोलिक हिसावले नेपालले विश्वमा रहेको भूभागको ०.०३ प्रतिशत र एसियाको भूभागको ०३ प्रतिशत ओगटेको छ। तर कुनै पनि कुरालाई मापन गर्ने आधार भूगोल वा आयातन मात्र नभई त्यसमा रहेको गुण या विशेषता पनि हो । यही गुण वा विशेषताका आधारमा नेपाललाई मापन गर्ने हो भने नेपाल समृद्धशाली र गौरव गर्न लायकका देशमध्ये एक देशका रूपमा रहेको छ । नेपाललाई विश्वमा प्रतिष्ठित बनाउन वा परिचित गराउन सहयोग गर्ने वस्तुहरू या गुण नै यसका गौरवका विषय हुन् । यिनैका कारण नेपाल गौरवशाली देश बनेको छ ।

नेपाल विश्वमा गौरव गर्न लायक देश हुनुका कारण चार वर्ण छत्तीस जातको साझा फूलबारी भएकोले हो । नेपालमा अनेक जातजातिका मानिस छन् । ती अनेक जातजातिका मानिसका आफ्ना भाषा, वेशभूषा र संस्कृति रहेका छन् । २०६८ सालको जनगणना अनुसार नेपालमा १२१ भन्दा बढी भाषा बोल्ने वक्ताहरू छन् । विश्वमा रहेका भाषाहरूलाई भाषा वैज्ञानिकहरूले भारोपेली, मोटवर्मेली, आली र द्रविड गरी चार परिवारमा विभाजन गरेका छन् । यी चार परिवारमध्ये नेपालमा चारै परिवारका भाषा बोल्ने बक्ताहरू छन् यसका साथै नेपालमा प्रत्येक जाति, जनजातिहरूको आआफ्नै धर्म र संस्कृति छन् तथापि यी एउटै नेपाली संस्कृतिमा आबद्ध छन् । यसले पनि विश्वमा नेपाललाई चिनाउन मद्दत गरिरहेको छ अतः यो पनि नेपालको गौरव गर्न लायकको परिचायक हो ।

भूगोलका हिसावले नेपालमा हिमाल, पहाड र तराई रहेको छ । गणना गर्न लायकका अनगिन्ती नदीनाला र तालतलैया छन् । नेपालमा विश्वकै दुई स्थलको हावापानी छ। गर्मीका मानिसलाई उपयुक्त हुने खालको पानी यो देशमा एकातिर रहेको छ भने जाडोमा बस्ने मानिसका लागि पनि उपयुक्त हुने खालको हावापानी पनि यहाँ छ । त्यसले कतिपय भूगोलविद्हरूले नेपाललाई तेस्रो गोलाईका रूपमा पनि लिएका छन् । यो पनि नेपालको गौरव बढाउने कुरा नै हुन्।

नेपालको उत्तरी दिशामा लामवद्ध रूपमा हिमलाहरू रहेका छन् । नेपालमा विश्वको सर्वोच्च शिखर सगरमाथा पनि रहेको छ। विश्वमा रहेका ८००० मिटरको अग्लाइमा रहेका चौध दिनहरूमध्ये नेपालमा मात्र आठ मोटा रहेको छ। यसले पनि नेपालको गौरव पातलिन दिएको छैन । नेपालका प्रसिद्ध हिमशृङ्खलाहरूमध्ये कञ्चनजङ्घा, माछापुच्छ्रे, गौरीशङ्कर, मनासलु अन्नपूर्ण, लोतसे आदिको बयान विश्वका हिउँमा रुचि राख्ने हिम विशेषज्ञहरूले पनि गरेका छन् ।

जलस्रोतमा नेपाल विश्वमा नै बजिन पछिको दोस्रो धनी मुलुकका रुपमा रहेको छ । नेपालबाट अविच्छिन्न रूपमा प्रवाहित हुने विभिन्न हिमनदी र नदीहरू छन् । नेपालमा सप्तकोसी, गण्डकी र कणांती जस्ता महनदीहरूको प्रशंसा विश्वमा थलेको छ । वी नदीहरू बरदा बनेका झरनाहरूले पनि नेपालको गरिमामा अर्को एक कित्ता थपेको छ ।

जलविद्युतको इतिहासमा पनि नेपाल अगाडि नै रहेको थियो । नेपालमा एसिया महादेशकै दोस्रो जलविद्युत आयोजना फर्पिङ जल विद्युत गृह रहेको छ । यसले पनि विश्व विकासको इतिहास आँकलन गर्ने हो भने नेपालको गौरब बढाएको देखिन्छ ।

नेपाललाई विश्वमा चिनाउने विभिन्न किसिमका तालतलैयाहरू रहेका छन् । नेपालमा विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल छ। यसका साथै विभिन्न विशेषता बोकेका रूपा, बेगनास, फेवा, च्छोरोल्पा, रारा, बुलबुले जस्ता तालहरूले पनि नेपालको गौरव बढाएको छ यिनै तालहरूका कारण नेपालको पोखरालाई तालैतालको जिल्ला भनिएको छ भने नेपाललाई नै तालैतालको देश भनिएको छ

नेपाल एसियाको तारा गौतम बुद्धको जन्म भएको देश हो विश्वमा बढ्दै गइरहेको धर्मको अतिवाद तथा विज्ञानको चमत्कारको वित्र रणमुल्य अवस्थामा रहेको मानव समाजलाई गौतम बुद्धले मध्यममार्गी बाटो देखाउने काम गरेका थिए। यसका साथै विश्वमा बढ्दै गएको अन्याय, अत्याचारबाट मुक्ति प्रदान गर्न र युद्धबाट देश, समाज र व्यक्तिलाई मुक्ति प्रदान गर्न गौतम बुद्धले शान्तिको बाटो अपनाएका थिए। यस्ता शान्तिको मार्ग अवलम्बन गर्ने पुत्र जन्माउने देशको रूपमा पनि आज हाम्रो देशले गौरव गर्ने मौका पाएको छ । यसका साथै नेपाल वास्तुकलाको नमुनालाई विश्वमा प्रचार गर्ने कुशल कलाकार अरनिकोको देश हो, भृकुटी र सीता जस्ता आदर्श नारी जन्माउने र राजा जनक जस्ता राजर्षिले राज्य गरेको देश हो यो देश याज्ञवल्क्य जस्ता विद्वान् र गार्गी जस्ता विदुषी जन्माउने देशका रूपमा पनि रहेको छ । यिनै कुराले पनि नेपाल विश्वमा नै गौरव गर्न लायक देशको रूपमा रहेको छ

कला, संस्कृतिको क्षेत्रमा पनि विश्वमा नेपाल अगाडि रहेको छ । नेपालको काठमाडौं उपत्यका कलाकारिताको उत्तम नमुना भएको स्थान हो । यहाको मूर्ति, चित्र र हस्तकला विश्वकै लागि अनुकरणीय बनेको छ । यसका साथै नेपालको मिथिलामा प्रचलनमा रहेको मिथिला कलाले पनि विस्तारै विश्व कलाको बजारमा आफ्नो स्थान बढाउँदै लगेको छ । यसको कारण भनेको नेपाली मौलिक कला र संस्कृति नै हो। यिने कारणले पनि विश्वमा नेपालले गरिमाको ताज लगाउन पाएको छ। त्यसैले संयुक्त राष्ट्र संघ जस्तो स्वायत्त निकायले नेपालको कलाकारिता, संस्कृति जस्ता वस्तुलाई संरक्षण गरी विश्वको ध्यानाकर्षण गराउन काठमाडौँको वसन्तपुर दरवार, भक्तपुर र ललितपुरको दरवार, पशुपति, चांगु नारायण, लुम्बिनी जस्ता क्षेत्रलाई विश्व सम्पदा सूचीमा राखेको छ। यो पनि नेपालको अर्को गौरव गर्न लायकको विषय नै हो।

नेपाल जिउँदो मानिसलाई पुज्ने संस्कार भएको देश हो । नेपालमा गणेश र कुमारको पूजा गर्दा वास्तविक मानिसको पूजा गरिन्छ । नेवारहरूले मनाउने मा पूजामा पनि आफ्नो देहको आफैँले पूजा गर्ने प्रचलन रहेको छ। यसका अतिरिक्त नेपाल मातृ देवो भवः, पितृ देवो भव:, गुरु देवो भव: तथा अतिथि देवो भवः भन्ने राष्ट्र हो । यसले गर्दा पनि नेपालको धर्म संस्कृतिमा देवता भनेको मानिस नै हो । आफ्नो आत्मा नै देवता हो भनी विश्वमा मानवलाई देवीदेवताको स्थानमा राख्ने राष्ट्रका रूपमा रहेको छ । यसले पनि नेपालको सांस्कृतिक गौरव विश्व इतिहासमा सुरक्षित रहेको छ |

यसका साथै नेपाललाई विश्वमा गरिमायुक्त बनाउने अनगिन्ती स्रोत, साधन र वस्तुहरू छन् जसले नेपालको उच्चता अझ बढी देखिने छ । त्यसैले मलाई नेपाल आकारगत हिसावले सानो भए पनि यसको गुणका कारण यो राष्ट्र ठुलो छ र यो राष्ट्रमा म जन्मन पाउँदा खुसी लागेको छ नेपाली भन्न पाउँदा गर्व लागेको छ ।

Hamro Nepal Hamro Gaurav nibandha
Also read:

Reactions

Post a Comment

0 Comments