देशप्रतिको मेरो कर्तव्य निबन्ध | Mero Desh Pratiko Mero kartavya |

देशप्रतिको मेरो कर्तव्य

निश्चित भूगोल, निश्चित राजनीतिक सीमा र नियम कानुनले बाँधिएको स्थानलाई देश भनिन्छ देशमा राष्ट्रियता र निश्चित आचरण हुन्छ हामी जुन ठाउँमा जन्मियो त्यो देश हाम्रो मातृभूमि हो हामी मातृभूमि कोखबाट बगेको पानी र छातीमा फलेका खानेकुरा खान्छौं त्यसैले मातृभूमिका रूपमा रहेको देश हाम्री आमा हुन् । हामीले आफ्नी आमालाई जति सम्मान गर्दछौं त्यति नै सम्मान देशको पनि गर्नु पर्छ हामी बांच्ने देश जति स्वच्छ र सफा हुन्छ त्यति नै हामी पनि स्वच्छ र स्वस्थ हुन्छौं । त्यसका लागि शारीरिक र मानसिक दुवै रूपमा देशलाई राम्रो बनाउन हामी लाग्नु पर्छ यहीं देशलाई राम्रो बनाउने काम नै वास्तवमा हामीले देशप्रति निर्वाह गर्नुपर्ने कर्तव्य हो

म जन्मिएको देश नेपाल हो। यो देश हामीलाई मेरो पुर्खाले दिएको नासो हो । यहाँको हिमाल, पहाड र तराईले ओगटेको १,४७,१८१ वर्ग किलो मिटरको भूभाग र यहाँका धरोहर पुर्खाबाट आर्जन गरिएको सम्पत्ति हो । त्यसैले पुर्खाले यो देशलाई जति राम्रो गरेर गए त्यो भन्दा राम्रो गर्नु मेरो कर्तव्य हो, त्यति पनि मैले गर्न सकिन भने पुर्खाले जेजस्तो अवस्थामा जेजसरी देश सुम्पेर गएका छन् त्यत्तिकै अवस्थामा यो देश संरक्षण गरेर राख्नु मेरो कर्तव्य हो म यो देशको नागरिक भएकोले यी देशको विकासका लागि सोच र मस्तिष्क लगाउनु, शारीरिक श्रम गर्नु पनि मेरो कर्तव्य हो ।

देश राम्रो हुनका लागि जनताले देशको नीति, नियम तथा कानुनलाई हृदयदेखि स्वीकार गर्नु पर्छ। कानुन मिच्ने उल्लघन गर्ने गर्दा देशको नीति नियम भताभुङ्ग हुन्छ । देशमा व्यक्तिवादी प्रवृत्तिको हावी हुन्छ जसका कारण देशमा अशान्ति मचिन्छ, कोलाहल फैलन्छ र देश भद्रगोल हुन पुग्छ । त्यसैले नेपालमा जन्मिएको र यहाँको असल नागरिक भएका नाताले नेपालको संविधान र कानून स्वीकार गर्नु मेरो देशप्रतिको कर्तव्य हुनेछ ।

देश भनेको कुनै एक व्यक्तिको पेवा होइन । नागरिकको हैसियत राख्ने सबैको देश साझा थलो हो । यो देशमा एकले गरेको सकारात्मक वा नकारात्मक कार्यको प्रभाव त्यो समाज हुँदै सम्पूर्ण राष्ट्रमा पर्दछ । त्यसैले प्रत्येक नेपाली नागरिकको सम्मान गर्नु, आदर सत्कार गर्नु मेरो कर्तव्य हो । जबसम्म देशलाई माया गरिन्न तबसम्म देशप्रति नागरिकको कर्तव्य पूरा हुँदैन । देशको माया भनेको देशलाई काँधमा बोकेर डुलाउने वा देशलाई मिठा खाना खुवाउने होइन । देशको माया भनेको देशप्रति गरिने सम्मान हो र देशको छवि विश्वमा उज्ज्वल बनाउनु हो यसका लागि देशलाई घात हुने काम नगर्नु पनि हो । देशप्रति मेरो अर्को कर्तव्य भनेको देश विकासका खातिर हरहमेसा लाग्नु हो । संसार परिवर्तनशील छ । एकदिन मात्र मानिसले संसारको बारेमा सोच्न र गर्न छाडिदियो भने संसार पछाडि पर्दछ त्यसैले संसार अगाडि बढाउन मानिस चिन्तनशील हुनु पर्छ र काममा खटिरहनु पर्दछ यही भावनाले प्रेरित भएर म पनि देशका लागि पसिना बगाउँछु, देश विकासका कार्यक्रममा अग्रसर हुन्छ

आज नेपाल अज्ञानताको जाँतोमा पिसिदा यहाँ सामाजिक, राजनीतिक अन्याय अत्याचार भएका छन् देशमा हट्न सकेको छैन । मानिसमा स्वार्थको भन्याङ चढ्ने लालसा बढेको छ । मानिसमध्ये कसैको पेट भरिएको छ भने कसैको आड रित्तो छ यी सबै कुराबाट देशलाई मुक्त गरी देशलाई सभ्यताको सिढी चढाउनका लागि ज्ञान विज्ञानको ज्योति वाल्न आवश्यक छ ।

यसरी म नेपालको नागरिक भएको नाताले देशप्रति गर्नुपर्ने अनेक कार्यहरू छन्। कतिपय कार्य म एक्लैले गर्नुपर्ने छ भने कतिपय साथीभाइसँग मिलेर त कतिपय संघसंस्थासँग आबद्ध भएर गर्नु पर्नेछ । त्यसै गरी कतिपय काम मैले देशको नवनिर्माणका योजना र कार्यक्रमलाई स्वीकार गरेर पनि पूरा गर्नु छ । अतः जसले देशको समुन्नत भविष्यको कल्पना गरी नेपाललाई भविष्यसम्म अखण्ड र आत्मनिर्भर बनाउन चाहन्छ तिनीहरूको कुरा र योजना स्वीकार गरी मैले मेरो देशप्रति गर्नुपर्ने कर्तव्य पूरा गर्नु छ । त्यस्तै देशलाई बन्धकी राख्ने वा देशको अस्तित्वलाई नामेट पारेर नेपाली हुनुको गौरवलाई खरानी पार्न खोज्ने देशद्रोहीहरूको भत्सना गर्दै तिनलाई राष्ट्रियता नामको यज्ञ कुन्डमा होम गरी नेपाली राष्ट्रियता जोगाउनु पनि मेरो कर्तव्य हुनेछ ।

Mero Desh Pratiko Mero kartavya nepali nibandha
Also read:

समाज सेवा निबन्ध

सादा जीवन उच्च विचार निबन्ध

Reactions

Post a Comment

0 Comments