सामाजिक समस्या निबन्ध | Samajik Samasya Nepali nibandha |

सामाजिक समस्या

समाजमा हुने समस्यालाई सामाजिक समस्या भनिन्छ। हाम्रो समाजमा धेरै समस्या हुने गर्छ । कहिलेकाही झगडा हुने,भेदभाव गर्ने,अन्धविश्वास गर्ने आदि सामाजिक समस्या हुन् ।आजको दिनमा समाजमा समस्याहरु बढ्दै गएको छ । मनिष आफ्नो स्वार्थको लागि समस्याहरु उत्पन्न गर्छन । जस्तै – गाउँमा मानिसहरुलाई कुनै रोगको सिकार भयो भने अस्पताल नगएर धामी झाँक्री संग उपचार गराउन जानछन् ।यसै कारणले हरेक बर्ष धरै मानिसहरुको मृत्यु हुन्छ ।

हाम्रो समाजमा हत्याहिंसा,भेदभाव,दाइजो प्रथा,बाल बिवाह,लागु पदार्थ खाने आदि समस्याहरु हुन् ।ती मध्ये एक खतरनाक र अहिले बढी मात्रामा चलेरहेको समस्या लागु पदार्थ हुन्.तिब्र गतिमा बढिरहेको नसालु पदार्थलाई लागु पदार्थ भनिन्छ ।आज यसै कारणले मानिसको जीवनमा असर परिरहेको छ। यो हाम्रो स्वास्थकोलागि एकदमै खतरनाक बस्तु हो। जस्तै गाजा,दृग्स,चरेस,हेरोइने आदि । एस्तो चिज मानिसले खाएको भएर कति मानिसको मृत्यु भएको खबर आउने गरछन् ।

ढोस्रो समस्या भने हत्याहिंसा हो। आज यो आधुनिक युगमा मानिस आफ्नो स्वार्थ र कमाउनको लागि अरुलाई मर्ने कम गरछन् । समाजमा हत्याहिंसा बढ्दै गइरहेको छ। मानिसहरु पैसाक लागि धनी मान्छेहरुलाई लुटपाट गर्ने कम गर्छन ।मनिस सम्पति,घरबंगलाक लागि आफ्नो छिमेकी,घरपरिवारलाई मर्ने गरेको समाचारमा सुनाउने गरेको छ। यस्तो कारणले गर्दा हाम्रो घरपरिवार असुरक्षित छन् ।

सामाजिक समस्या मध्ये एक नराम्रो र बिस्तृत रुपमा चलिरहेको समस्या दाइजो प्रथा हुन्। दाईजो प्रथा विवाह पश्चात केटीको माता-पिताले(माइती पक्षले) केटीलाई वा छोरीलाई दिएको धन-सम्पति, रूपियाँ-पैसा अथवा सामान (नगद र जिन्सी) दाईजो हो भने दाईजो दिने प्रचलन दाईजो प्रथा हो। दाइजो दिने र लिने चलन नेपाली समाजमा पहिलेदेखिनै प्रचलनमा पाइन्छ।यदि केटीको माता-पिताले मागेको जति रुपैया दिएन भने बेहे गर्न दिदैनन । यस्ता चलनको कारणले गरिब घरका छोरीहरुको बेहे भइरहेको छैन। अलिकति भएको जमिन र घरहरु बेचेर बेहे गराइरहेका छन् । तर यो प्राय अविकसित गाउँहरुमा गर्ने चलन हो।

भेदभाव भनेको जात,धर्म,छोराछोरी आदि बिच गरिने भेद वा तल्लो उच्चको भावलाई भेदभाव भनिन्छ। समाजमा जातधर्म,कम,भाषाभेषमा भेदभाव गरिन्छ.अझै गाउहरुमा छोराले विद्यालयमा पढ्न पाउने तर छोरीले घरमा काम गर्नु पर्ने हुन्छ। तिनीहरु सोच्छन् छोराले भविष्यमा सहायता गर्छन तर छोरीले बिहेमा मात्र खर्च गराउछन्। छोरा पाउने आशामा महिलाले धेरै शिशु जन्माउँछन्। यदि छोरी भयो भने पेटमै मर्ने गरेको खबर आउछन्। यसको कारणले यो देशको जनसङख्यामा असर पर्छन्।

भ्रस्टाचार समाजको अर्को समस्यो हो। भ्रस्टाचार एउटा सामाजिक महारोग हो। यसलाई कम नगरेसम्म जस्तोसुकै व्यवस्था आए पनि र जोसुकैको नेतृत्व भए पनि देश अगाडि बढ्नैद सामान्य रुपमा भ्रस्टाचार भनेको घुस लेने वा दिने हो। यस समाजमा भ्रस्टचारीको कारणले राम्रो र ज्ञानी बिधार्थीको भर्ना भइरहेको छैन तर मुर्खहरुको भर्ना घुस दिएर भइरहेको छ। आज नेताहरुले भ्रस्टाचार भएको कारणले देश पछाडी पर्छन् र विकास पनि भइरहेको छैन। धनी मान्छे नै अहिले अगाडि हुन्छन् र बिभिन्न नराम्रा कम गुस दिएर गराउँछन्। आज थोरै मान्छेहरु राम्रो हुन्छन् र धेरै मान्छे भ्रस्टाचार तर्फ हुन्छन् । पैसा कमाउनको लागि घुस आजकल बढ्दै गइरहेको छ। यो हाम्रो समाजको जटिल समस्या हो ।

अझै हाम्रो समाजमा चेलीबेटी बेचबेखन पनि तिब्र गतिमा बढिरहेको छ। चेलीबेटी बेचबेखन भनेको महिलालाई बेच्ने कम। सुरुमा त समाजका अथवा अपरिचित मान्छेले महिलालाई अपहरण गर्छन् र उनीहरु देशविदेशमा बेचछन्। कसैले कारखानामा बेचछन् त कसैले होटेलमा बेचीदिनछन्। अचम्मको कुरा यो हो कि भारतको बिभिन्न सहरमा वर्ष भरिमा पाच हजार भन्दा बडी महिलाको बेचबिखन हुन्छन्। त्यसीले हाम्रो समाजको महिलाहरु असुरक्षित छन्। यसै कारणले महिलाहरु पछाडी छन् र समाजमा आफ्नो हक पाईरहेको छैन.नारी जति पछाडी यो समस्याले हो।

ती समस्याहरु मध्ये वाल बिवाह पनि एक हो। यो प्राय गाउमा हुने गर्छ. बाल्यकालमा बिहे गराउने चलनलाई वाल विवाह भनिन्छ। नियम अनुसार अठार वर्ष भन्दा कम उमेरको बालबालिकाले विहे गर्न पाउने छैन तैपनि गौहरुमा वाल विवाह भइरहेको छ। सानै उमेरमा विहे गरेकोले एच-आइ-भी लाग्ने सम्भावना पनि हुन्छ। यो समस्याले पनि जनसंख्या असर पर्छ। एसले गर्दा धेरै बच्चाहरुको जन्म हुन्छ। यस अमेरमा स्वास्थको बारेमा थाहा हुँदैन र धेरै रोगका सिकार हुन सक्छ। वाल विवाहको अन्त्य मानिसको मानसिक विकास भएपछि होलान्।

अहिले समाजमा मानिसहरु सानालाई जातधर्ममा भेदभाव र हेप्ने गरछन् । साना अर्थात् तल्लो जतिको मानिसलाई कम पनि दिदैनन। जस्तै –हाम्रो सहर हेटौँडा ।यहाँ बिभिन्न जातजातिका मानिसहरु बसछन् तर अझै धेरै मानिस नराम्रो सोच लिएर बसेका हुन्छन् । उनीहरुको आफ्नो कम बिग्रियो भने अरुमाथि दोस दिने गरछन् र जथाभावी नचाहिने कुरमा बादविवाद गर्न थालछन् ।यसी कारणले समाजमा बिभिन्न समस्याहरु हुन्छन। कहिले पैसा चोरेको कारणले झगडा गर्छन र कहिले उटपटयाङ कम गर्ने गरछन्।यसै कारणले हाम्रो समाजको उन्नति भइरहेको छैन।हाम्रो समाज बिभिन्न राम्रो कामको लागि चिनिन्छ तर एउटा नराम्रो कामको कारणले समाजलाई कसैले मन पराउँदैनन।त्यसै कारणले यदि हामीले कडा नियम र कानुन बनायो भने हाम्रो समाज अगाडि बढ्न सक्छ र सगरमाथा झैँ उच्च नाम कमाउन सक्छ। कडा नियम बनाए पनि यस आधानिक युगमा नराम्रो मानिसले गर्दा समाज पछि पर्छन्।देशको निर्माणमा र उन्नतिमा समाजको ठुलो योगदान रहेको छ भन्ने कुरा प्रत्यक नागरिकले दिलदिमागले बुझानुपर्छ।

हामी सबै देशका र समाजका सच्चा नागरिक हौ भने यस्ता समस्यालाई मिलिजुली सुल्झाउनुपर्छ। यदि यस्तो भयो भने हाम्रो समाज पक्कै अगाडि बढ्न् सक्छ र विकास पनि हुन सक्छ। सुरुमा मानिसले आफ्नो भलो मात्र नसोचेर अर्काको बारेमा पनि सोच्नु पर्छ भन्ने कुरा थाहा हुनुपर्छ। यो संसारको कुनै पनि इक्छा र चाहनालै एकतले पुरा गर्ने सकिन्छ। यदि हामीले एकतामा एकजुट भइ कम गर्यो भने सामाजिक समस्याको अन्त्य हुनेछ र समाजको विकास हुनेछ।
Samajik Samasya Nepali nibandha

Visit also,

Reactions

Post a Comment

0 Comments