म जन्मिएको भूमि निबन्ध | Ma Janmiyeko Bhumi Nibandha |

म जन्मिएको भूमि

कुनै पनि बालबालिकाले आमाको पाठेघर छाडी पृथ्वी लोकमा आएको ठाउ जन्मभूमि हो । यस क्रममा कुनै पनि बालबालिकाले सर्वप्रथम पृथ्वीमा पदार्पण जुन ठाउँमा गर्दछ, त्यसलाई जन्मभूमि भनिन्छ। म जन्मिएको भूमि नेपाल हो । त्यसैले म नेपाललाई कुनै पनि हालतमा मिसन सक्दिन । यो मेरो देश नेपालीहरूको साझा फूलबारी हो। यहाँ चार वर्ण छत्तीस जातका मानिसहरू रहँदै बस्दै र फूलबारीको सुवास फैलाउँदै आएका छन् ।

क्षेत्रफलको हिसाबले १,४७,१८१ वर्ग किलो मिटर भू-भाग ओगटेको मेरो जन्मभूमिको शिरमा सगरमाथा, छातीमा रसिला पहाड र काखमा भरिलो तराई छ । प्राचीन कालदेखि विभिन्न जातजातिले बसोबास गर्दै आएको मेरो देशमा विविधता छ र पनि एकता छ यहाँ विभिन्न जातजातिका विभिन्न धर्म, संस्कृति, सामाजिक संस्कार, चालचलन रीतिरिवाज छ तापनि साझा भावना, सहिष्णुता र व्यवहारले यी सबै कुराहरूलाई हुर्काउँदै बढाउँदै लगेको छ

जन्मभूमि भनेको आफू जन्मिएको पवित्र स्थान हो । त्यसैले मलाई मेरो मातृभूमिको माया आफ्‌नो ज्यानको भन्दा बढी नाग्छ रामायणमा रामचन्द्रले पनि जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी" भनी जन्मभूमिको गुणगान गाएका छन् । यसले मलाई जन्मभूमिप्रति गर्नुपर्ने कर्तव्य सम्झाएको छ मेरो देशमा मेरो पूखांको थोपाथोपा रगत परेको छ, श्रमको पसिना चुहेको छ। यही देशमा मेरो पिता पुर्खाले कर्म गरे, पसिना चुहाए, सुख, दुःख जे भए पनि यही देशमा रमाउँदै आफ्नो प्राण विसर्जन गरे। म पनि यही देशलाई माया गर्दा गर्दै, देशको नाम जपी जपी मर्न चाहन्छु

म मातृभूमिप्रेमी नेपाल आमाको सन्तान हुँ । आफ्नो देश विकास गर्नु गराउनु मेरो जिम्मेवारी हो जसरी हाम्रा वीर पुर्खाहरूले ज्यानको बाजी यापी बन्दुकको गोली र बसको बोलीसँग नडराई छाती खोलेर शत्रुसँग लडेर मेरो देशको स्वाभिमान बचाई राखे, त्यसै गरी देशलाई स्वतन्त्रता प्रदान गर्न सहिदहरूले आफ्नो ज्यानलाई धरापमा पारी मृत्युवरण गरे, त्यसरी नै नेपाल र नेपालीको उन्नतिमा लाग्नु, कसो गर्दा देशको भलो हुन्छ उसो गर्नू र गर्न लगाउनु मेरो र हाम्रो जिम्मेवारी हो ।

मेरो देशको १००% भू-भागमध्ये ८६% भू-भाग पहाड नै छ । त्यसैले हामीले गाउँको विकास गर्न काँधमा काँध मिलाएर लाग्नु आवश्यक छ यहाँको प्रत्येक थुम्कामा मीटर बाटो, उज्यालो र शिक्षाको प्रकाश पुयाउनु आवश्यक छ । यसका लागि हामीले हाम्रो मथिल, पासुरा तथा पाइला अगाडि सार्ने बेला बकिसकेको छ। जब मेरो विकास हुन्छ तब हामी विकसित हुन्छौं । जब हाम्रो देशमा विकास हुन्छ तब हामी विकसित हुन्छौं ।

विश्वको महादेशमध्ये सबभन्दा ठूलो महादेश एसियाको बीचमा रहेको मेरो मातृभूमि सुन्दर छ यो सुन्दरतालाई जोगाउनु अब हाम्रो कर्तव्य हो यो देशमा गौतम बुद्धजस्ता शान्तिप्रेमी जनकजस्तो प्रजावत्सल, गार्गी र याज्ञवल्क्य जस्ता विद्वान्, भृकुटीजस्ता छोरीहरू जन्मिएका थिए। उनीहरूले देशका लागि सक्दो योगदान गरे अब गर्ने पालो हाम्रो आएको छ । यो देशलाई हामी सबै मिलेर उन्नतिको शिखरमा पुयाउनु पर्छ । यहाँको माटोको विकास गर्नु छ । यसका लागि म आजदेखि नै लागि पर्नेछु | जय जन्मभूमि |
Ma Janmiyeko Bhumi Nibandha
Also read:

Reactions

Post a Comment

0 Comments