हाम्रा राष्ट्रिय विभूति निबन्ध | Hamra Rastriya Bhibhuti |

हाम्रा राष्ट्रिय विभूति

देश र जनताका भलाइका लागि सम्पूर्ण जीवन समर्पण गर्ने असल राष्ट्रिय व्यक्तित्वलाई राष्ट्रिय विभूति भनिन्छ व्यक्तिगत स्वार्थ, लोभ, अहदुकार जस्ता दुर्गुणलाई पर फालेर देश विकास र मानव हितका लागि लाग्ने तथा राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गर्ने मानिस राष्ट्रिय विभूतिका पक्तिमा पर्दछन् यस्ता व्यक्तिले राष्ट्रिय सम्मान प्राप्त गर्दछन् नेपालमा पनि राष्ट्रियताका लागि देशको भूगोल, प्रकृति, संस्कृति, कला, साहित्य आदिका उत्थानका लागि दिनरात जुटिरहने महारबिहरू छन् । जसले नेपाली विभूतिको संज्ञा पाएका छन्। ती विभूतिहरू यस प्रकार छन्

राजा जनक नेपालका राष्ट्रिय विभूति हुन् । यिनी धेरै वर्ष अगाडि नेपालको मिथिला प्रदेश (हालको जनकपुर का राजा थिए। यिनी शासक मात्र नभई संस्कृतविद् पनि थिए। यिनको वास्तविका नम शिरध्वज हो यिनले जनताको सुखसुविधामा ध्यान दिई राजकाज चलाए यिनले जनतासँगै सुख र दुःख साट्ने काम गरेका थिए। यिनमा विद्वताको गुण पनि प्रखर थियो । त्यसैले यिनलाई राजति पनि भनिन्छ । यिनी नेपालका राष्ट्रिय विभूति हुन् हाम्रो देशको अर्का राष्ट्रिय विभूति सीता हुन् । यिनको जन्म मिथिलामा भएको थियो । यिनको जन्म पृथ्वीको गर्भबाट भएको हो भन्ने किंवदन्ती प्रचलित छ । राजा जनकको समयमा मिथिला क्षेत्रमा लामो खडेरी पन्यो यो खडेरी हटाउन राजा जनकले हलो जोत्नुपर्ने सल्लाह ज्योतिषीहरूले दिए। साही सल्लाह अनुसार राजा जनकले हलो जोत्दा सीता खेतमा भेटिएकी हुन् । यिनको विवाह अयोध्याका नरेश दशरथका पुत्र रामसँग भएको थियो यिनले मिथिलाको धर्म, संस्कृति र आदर्शलाई प्रचार गर्ने काम गरेकी छिन् ।

हालको लुम्बिनी अञ्चलको कपिलवस्तु जिल्लामा जन्मिएका सिद्धार्थ गौतम पनि नेपालका राष्ट्रिय विभूति हुन् यिनको पिताको नाम शुद्धोधन हो भने माताको नाम मायादेवी हो। राजपरिवार जन्मिएका सिद्धार्थ गौतमले सम्पूर्ण मानवको दुख निराकरणका लागि राजसी सुखसयल छाडी ज्ञानको खोजीमा हिँडेका थिए। यिनले सम्पूर्ण दुःखका कारण लोभलाई ठानेका छन् । यिनले विश्वमा सुखका लागि शान्ति भन्ने विचारलाई प्रस्तुत गरेका छन् । यिनले आफैबाट प्राप्त जानका माध्यमबाट बुद्ध धर्मको प्रचार प्रसार गरेका थिए। यिनी नेपाल लगायत भारत, श्रीलङ्का, जापान, थाइल्याण्ड, कोरिया आदि देशमा पनि प्रिय छन् । त्यस्तै लिच्छवीकालीन राजा अंशुवर्मा पनि नेपालका राष्ट्रिय विभूति हुन् । यिनले देशको उत्थान र जनताको सुखलाई महत्व दिए । यिनले आफ्नो राज्यकालमा सामाजिक, आर्थिक, सांस्कृतिक विकासका कामहरू गरेका थिए । नेपालको अर्को राष्ट्रिय विभूति अरनिको हुन् । यिनी प्रतिभाशाली कलाकार हुन् । यिनले नेपालको वास्तुकला, मूर्तिकला र चित्रकलालाई चिन, कोरिया, जापान जस्तो राष्ट्रमा प्रचार गरे । साथै यिनले नेपाली पेगोडा शैलीलाई पनि विदेशमा प्रचार गरी नेपालको गरिमा बढाए । यिनी निर्भीक, साहसी र कर्मशील थिए ।

गोखाका राजा राम शाह पनि नेपालका राष्ट्रिय विभूति हुन् । यिनी न्यायप्रेमी राजा थिए। यिनको न्याय दिने तरिका नेपाल लगायत भारतमा पनि प्रसिद्ध थियो । यिनैको कारणले विद्या हराए कासी र न्याय हराए गोर्खा जानु भन्ने लोकोक्ति चलेको छ । यिनले सार्वजनिक सम्पत्ति जनताको साझा सम्पत्ति हो भन्ने कुरा पनि बोध गराएका थिए। यसका साथै यिनले लेनदेन सजिलो बनाउन माना पाथीको प्रचलन पनि चलाए । राजा पृथ्वी नारायण शाह पनि नेपालका राष्ट्रिय विभूति हुन् । यिनले विभिन्न राज्य रजौटाहरूमा टुक्रिएको नेपाललाई एकीकरण गरी विशाल नेपाल बनाउने काम गरे । नेपाललाई चार वर्ण छत्तीस जातको साझा फूलवारी र आफूलाई त्यसको माली ठान्ने राजा पृथ्वी नारायण दूरदर्शी राजा थिए। यिनले आफ्नो जीवनको अनुभव संगेटेर दिव्योपदेश पनि लेखेका थिए ।

वीर बलभद्र कुँवर पनि नेपालका अर्का विभूति हुन् । यिनले हाम्रो देश नेपाललाई विदेशी हातमा पर्न नदिन बिना खाना र पानी तीन दिन लडेका थिए। यिनले देखाएको साहसको प्रशंसा अंग्रेजहरूले पनि खुलेर गरेका छन् । अमरसिंह थापा पनि नेपालको स्वाभिमान र गरिमा जोगाउने अर्का साहसी योद्धा हुन् । यिनले मलाउ देउथल किलामा देखाएको साहस अभुतपूर्व थियो अंग्रेज सेनापति अक्टरलोगीले लेखेको चिठीको जवाफमा यिनले म शत्रुको रगत खाने डमरु है म सिनो खाने गिद्ध होइन भनी चिठी नै च्यातिदिएका थिए । त्यसै गरी भीमसेन थापा पनि नेपाला राष्ट्रिय विभूति हुन् । यिनी अमरसिंहका छोरा थिए। यिनले स्वार्थ र लोभलाई पर फालेर देशभक्त र राजभक्त प्रस्तुत गरेका थिए। यिनमा अभूतपूर्व कुटनीतिक क्षमता थियो । पिनले देशको कुटनीतिक प्रशासन, उद्योगधन्दा, सैनिक सुदृढीकरण र सांस्कृतिक उत्थानमा गरेका कार्यहरू महत्वपूर्ण रहेको छ ।

नेपाली भाषामा साहित्य सिर्जना गरी देशभर प्रचार प्रसार गर्ने भानुभक्त आचार्य पनि नेपालका राष्ट्रिय विभूति हुन् । यिनले संस्कृत भाषामा रहेको रामायणलाई लोकभाषामा रूपान्तरण गरी जनप्रिय बनाए राजा पृथ्वी नारायण शाहले हतियार बलबाट एकीकरण गरेको नेपाललाई यिनले नेपाली भाषाको प्रचार प्रसार गरी भावनात्मक एकीकरण गरे । जम्मा २९ वर्ष मात्र आयु प्राप्त गरेका मोतीराम भट्ट थोरै समय बाँचेर अनेक काम गर्ने प्रतिभाशाली व्यक्ति हुन् । यिनले भानुभक्तबाट लेखिएको रामायण अनुसन्धान गरी प्रकाशन गर्ने र देशभर प्रचार प्रसार गर्ने काम गरे यसका साथै यिनले नेपाली भाषा र साहित्यको उत्थानका लागि युवाहरू भेला गरी साहित्य पठन र लेखन गराउने काम पनि गरे यिनैले नेपालमा छपाइका लागि प्रेसको व्यवस्था गरे । यिनी माध्यमिक कालका शृङ्गारिक धाराका कवि हुन् ।

राजा त्रिभुवन पनि नेपालका राष्ट्रिय विभूति हुन् । यिनले १०४ वर्षसम्म जो गाडेर रहेको राणा शासन सत्ता ढलाउनका लागि राजगद्दी नै च्याँखे थापेका थिए। यिनी राजाले जन चाहना बुझेर शासन गर्नुपर्छ भन्ने मान्यता राख्दथे । नेपाललाई प्रजातान्त्रिक मुलुक बनाउन पहल गर्नुमा यिनको विशेष योगदान छ ।

शंखधर साख्वा व्यापारी थिए। यिनले व्यापारबाट आएको मुनाफाबाट ऋण तिर्न नसक्ने गरिवको ऋण तिरी दासत्वबाट मुक्ति दिलाएका थिए। यिनैको इच्छा अनुसार नेपालमा नेपाल संवत् चलेको हो। पासाङ ल्हामु सेर्पा नेपाल आमाकी साहसी छोरी हुन् । यिनले नेपाली नारी पुरुषभन्दा कम नभएको कुरालाई प्रमाणित गरेकी छिन् यिनले नेपाली महिलाहरूको तर्फबाट संसारको सर्वोच्च शिखर सगरमाथा पहिलोपल्ट आरोहण रेकी थिइन् । यिनी साहसी महिला हुन् ।

यसरी नेपालको गरिमा बढाउन जीवनमा लाग्ने व्यक्तिहरू नै नेपाल आमाका सन्तान हुन् । यिनको गौरवमय जीवनको प्रशंसा गर्दै नेपाल सरकारले राष्ट्रिय विभूतिको घोषणा गरेको छ । यसरी नेपाल आमाको गरिमा बढाउने अन्य व्यक्ति तथा प्रतिभाहरू पनि छन् । तथापि उल्लिखित माथिका चौध प्रतिभालाई भने नेपाल सरकारले विभूतिको सम्मान दिएको छ ।
Hamra Rastriya Bhibhuti nepali nibandha

Also read:

Reactions

Post a Comment

0 Comments