मेरो देश निबन्ध | Mero Desh Nibandha |

 मेरो देश

हरेक व्यक्तिले स्वतन्त्र रूपमा रमाएर जीवनयापन गर्ने सीमित क्षेत्र ऊ बसेको देश हुन्छ मेरो देश नेपाल हो । एशिया महादेशमा अवस्थित मेरो देशको क्षेत्रफल १४७१८१ वर्ग किलोमिटर छ । दुई ठुला राष्ट्र चीन र भारत विच अवस्थित मेरो देश सगरमाथाको देश हो समुन्द्री सतहसँग नजोडिएको यो राष्ट्र भूपरिवेष्टित राष्ट्रका रूपमा चिनिन्छ क्षेत्रफलका हिसाबले सानो भए पनि भाषा, संस्कृति, रीतिरिवाज, चालचलन, प्राकृतिक छटा आदिले यसलाई विशाल तुल्याएको छ । मेरो देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष राज्य हो

मेरो देश विश्वमा रहेका घरै देशहरूमध्ये एक हो । विश्वमानचित्रमा अकित मेरी देश जलस्रोतका हिसाबले दोस्रो मुलुक हो । यसले आफ्नो साथमा धेरै नदीनाला बगाएको छ र हिमथुङ्खला उभ्याएको छ । प्राकृतिक छटा वनजद्गल र सुन्दर कलाकृति, ऐतिहासिक विषय र सामाजिक सद्भावले विश्वमा एक विचित्र खालको मुलुकका रूपमा सजिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा यही मुलुकले ठड्याएको छ । शान्तिका अग्रदूत गौतमबुद्धको सन्देश विश्वभरि फैलिएको छ। सामाजिक, धार्मिक, सांस्कृतिक र कलात्मक विषयले यसलाई विश्वप्रसिद्ध बनाएको छ । यहाँका प्राकृतिक स्वरूपले विदेशी पर्यटकलाई समेत लोभ्याएको छ । आदरसत्कार गर्न जान्ने वीर नेपालीको अवस्था र यहाँको रमाइलो हेर्नका लागि पर्यटकहरू यस मुलुकमा भित्रिन्छन् ।

मेरो देश भौगोलिक हिसाबले हेर्दा विचित्र किसिमको छ । यहाँ हिमाल, पहाड र तराइका भूभागहरू अवस्थित छन् । फरक खालको हावापानी भेटिने यस देशमा फरक किसिमको भौगोलिक बनावट रहेको छ । वीरताको देशका रूपमा चिनिने मेरो देश विश्वमा प्रसिद्ध छ । विश्वयुद्धमा देखाउने वीरता होस् वा शान्तिका लागि खटिएका व्यक्तिको भद्रता होस् नेपालीको वीरता मेरो देशले चिनाएको छ। यो मेरो देश आज नयाँ खोज र नयाँ आविस्कारवाट अगाडि लम्कन खोजिरहेको छ ।

मेरो देशमा के छैन सब धोक छ । यहां असङ्ख्य नदीनाला छन् । पूर्व मेचीदेखि पश्चिम महाकाली नदीले सर्जिएको छ । लामा गहिरा र ठुला नदी भएको मेरो देशमा गण्डकी, कोशी, कर्णाली, भेरी, सेती, बाग्मती, मादी, कनकाइ, कमला त्रियुगा जस्ता सयौं नदीहरू मागिरहेका छन् । हिमालको हिउँ पग्लेर होस् या वर्षात्का कारणले होस् नदी अट रूपमा वगिरहन्छन् । यही देशमा बनजङ्गलको अपार निधि छ । मेरो देशको वनजङ्गललाई महत्त्वपूर्ण सम्पतिका रूपमा लिइन्छ । घरायसी कार्य पसाउने दाउरा, घाँसपात आदिदेखि लिएर ज्यान बचाउने औषधि समेत यसैमा रहेका छन् । वनजङ्गल हुनाले वर्षा हुने, हरियाली रहने र हावापानीका कारणले हरेक ठाउँ महान् बनेका छन् । प्राकृतिक सुन्दरताले होस् या सांस्कृतिक, जातीय तथा कलाकौशलले होस् यसले सबको मनलाई लोभ्याइ दिएको छ ।

मेरो देशमा एकपछि अर्को गर्दै धेरै सम्पदाहरू रहेका छन् । मन्दिरै मन्दिरको देशका रूपमा रहेको नेपालमा मठमन्दिर, गुम्बा, स्तुप, कलाकृति आदिले सिंगारिएको छ । यहां पशुपति, स्वम्भू, दत्तात्रेय, तलेजु भवानीको मन्दिर, कृष्ण मन्दिर, काष्ठमण्डव, दरवार क्षेत्र अनि तिनमा कोरिएका कलाकृतिले शोभा बढाएको छ । यसका अलवा नेपालका विविध क्षेत्रमा रहेका देवीदेवताका मन्दिर र तिर्थस्थलने मेरो देशलाई पवित्र तुल्याएका छन् । आर्थिक उन्नतिमा ठुलो फड्को मार्न नसके पनि सामाजिक सांस्कृतिक रुपान्तरणका लागि मेरो देशको भूमिका उल्लेखनीय छ। मेरो देश नेपाल जातजातिका हिसाबले हेर्दा एक समृद्ध मुलुक हो

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको मेरो देशमा बहु जातिका मानिसहरू बस्दछन् यिनका आफ्नै खालका रहनसहन, रीतिरिवाज, चालचलन र संस्कार छन् । बहुजाति, बहुधर्मालम्बी र बहुसंस्कृति सम्पन्न मुलुक हुनाले यहां हिन्दू, बौद्ध, मुस्लिम आदि धर्मालम्बी रहेका छन् । भाषा, धर्म, संस्कृति, पोशाक भिन्न भिन्न खालको रहेको मेरो देशमा अनेकतामा एकताको आभास छ। सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक, भाषिक आदि क्षेत्रमा विविधता भएको यस मुलुकका मानिस एक सूत्रमा आवद्ध भएर बसोबास गरेका छन् । विविध पक्षले भरिपूर्ण भएको यो देश नेपाल हाम्रो साझा फूलवारी हो। हामी सबैले यसको उन्नति र प्रगतिका लागि जुटनु पर्छ प्राणभन्दा प्यारो यो मेरो देश हामी सबै नेपालीको गौरव बनेको छ यस देशले विश्वमा आफू चिनिएर नेपालीलाई समेत चिनाएको छ । त्यसैले म मेरो देश नेपाललाई हृदयदेखि माया गर्दछु मलाई मेरो देश सानो होस, विकासोन्मुख होस या समस्याहरूले मिचिएको होस् तर पनि मलाई प्यारो लाग्छ । म मेरो देश नेपालमा जन्मन, हुर्कन र कर्म गर्न सकेकोमा आफैले आफैलाई भाग्यमानी ठान्दछु ।

Mero Desh Nibandha
Also read:


Reactions

Post a Comment

0 Comments