मेरो जीवनको लक्ष्य निबन्ध | Mero Jivan ko Lakshya Nibandha |

 मेरो जीवनको लक्ष्य

मानिसले आफ्नो रुचि क्षमता, अवस्था र परिस्थिति अनुसार जीवन सफल बनाउन लक्ष्य निर्धारण गर्दछ । लक्ष्य बिनाको मानिस निरर्थक हुन्छ । जब लक्ष्य निर्धारण गरिन्छ तब मानिस अगाडि बढ्न बल प्रदान गर्दछ । लक्ष्य भविष्यमुखी हुन्छ । म यो गर्छ भनेर विचार गर्नु लक्ष्य हो । लक्ष्य जति ठूलो राखिन्छ त्यति नै त्यसको परिणाम ठूलो ने हुन्छ । लक्ष्य राखेर मात्र हुँदैन त्यसलाई प्राप्त गर्नका लागि ठुलो प्रयत्न पनि गर्नुपर्छ । आफ्नो रुचि अनि वर्तमानमा रोजेको जीवनको आयमबाट लक्ष्य निर्धारण गर्नु पर्छ । हरेक व्यक्तिका लक्ष्य फरक फरक हुन सक्छन् । त्यस्तै मेरो जीवनको लक्ष्य समाजको सेवा हो । मैले समाजमा रहेका दीन दुःखी, गरिब प्रतिको सेवा गर्ने लक्ष्य बनाएको छ ।

परम्पराबाट विकसित बनेको आजको वैज्ञानिक समाजमा आफ्नो व्यक्तिगत काम बाहेक सामाजिक सहयोगमा नजुट्ने अवस्था छ । समाजभित्र रहेर हरेक पैसामा संलग्न व्यक्तिहरूको आवश्यकता रहन्छ । समाजमा रहेका हरेक पक्षलाई समन्वयमा ल्याई व्यक्तिले आफ्नो कर्तव्यप्रति लगाब लगाउनका लागि मैले मेरो जीवनलाई समाज सेवामा लगाउने निर्णय गरेको छु समाजभित्र रहेका समस्या र तिनको समाधानमा खेल्नु पर्ने भूमिका निर्वाह गर्न, समाजमा मेलमिलाप कायम गरी कार्य गर्न अनि व्यक्ति सामाजिक रहन सहनमा घुलमिल बनाउने इच्छा भएकाले मेरो जीवनलाई समाजसेवामा समपर्ण गर्ने इच्छा बनाएको छु समाजभित्र सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक, शारीकि, मानसिक, नैतिक, शैक्षिक आदि समस्या हुन्छन् । समाजका यस्ता समस्याहरूलाई पूरा गर्नका लागि विविध पेसामा आवद्ध व्यक्तिलाई सक्रिय बनाएर समाज सेवामा लाग्न प्रेरितः गरी त्यसमा अगाडि वढाउने लक्ष्य लिएको छु ।

आजको समय सङ्गठित भई सहकार्य गर्ने खालको देखिदैन । यसो हुनुमा मानिस मानिस विच हुने समन्वयको अभाव हो । व्यक्ति व्यक्ति बिच सामान्यजस्यता कायम गर्न गराउनका लागि समाजसेवकको आवश्यकता पर्दछ । समाजमा रहेका हरेक व्यक्ति अनि उनीहरूको पेसा प्रतिको सोचलाई सामाजिक कार्यमा सरिक गराउन सकेको खण्डमा समाज उन्नतशील र समृद्ध बन्दछ । यसको अभाव दिनप्रतिदिन बढ्दै गएको हुनाले समाजसेवाको आवश्यकता बढ्दै गएको छ । यही कारणले गर्दा म यसप्रति उत्साहित बनेको हुँ ।

समाजसेवा बोलीने हुदैन कर्मबाट हुन्छ। यसका लागि बहुपक्षीय काम गर्न सक्नु पर्छ । मेरो क्षमताले भ्याएसम्म राष्ट्रका सामाजिक क्षेत्रमा समर्पित हुन चाहन्छु ।

समाजसेवा गर्ने बहानामा घुस्याहा ठगाहा, घुसखोरी, भ्रष्टचार, दलाल, दलाली जस्ता विकृति र कर्तव्यबाट बच्नका लागि अनि समाजमा रहेका व्यक्तिलाई यसबाट जोगाउनका लागि समाजमा गई जनचेतनाका कार्य गर्न चाहन्छु । यस्ता उदाहरणीय काम गरी समाजसेवी व्यक्ति बन्न चाहन्छु । आज समाजमा बस्ने बृद्ध बृद्धा, एक्ला बनेका छन् । मानअधिकार, मानवतावादका लागि अधिकार कार्यमा भन्दा सिद्धान्त र नारामा सीमित छन् । यसको उत्थान र उन्नतिका लागि बृद्धाश्रम बनाउने, नारी हकहितका लागि कार्य गर्ने, बालबालिकाको अधिकारका लागि समस्याको समाधान खोज्ने जस्ता कार्य गरी समाज सेवकका रूपमा चिनिन चाहन्छ

हाम्रो समाज आजसम्म पनि विकसित र उन्नतशति बन्न सकेको छैन । बाटोघाटो, यातायात, शिक्षा, स्वास्थ्य आदिमा अभाव रहेको छ। अन्धविश्वास र चेतनाबाट अभी समाज माथि उठ्न सकेको छैन । समाजभित्र रहेका अन्धविश्वास र चेतनाको अभावले ज पनि ग्रामीण जनताले मुक्ति पाउन सकेका छैनन् । यसको मुक्तिका लागि म एक सच्चा समाजसेवक बन्न चाहन्छु । समाजमा रहेका भिन्नता, उचनिच वयवहार लगायत धेरै विषयमा ज्ञान आर्जन गर्न सकेका छैनन् । यस्ता यावत व्यक्तिहरूलाई सामाजिक कार्यमा लाग्न आफू सक्रिय भई उत्प्रेरित गर्दछु । विविध पेसामा संलग्न व्यक्तिहरू समाजसेवालाई आफ्नो जीवन बनाएर अमर बनेका छन् । फ्लोरेन्स नाइटिङ्गेलको नर्सबाट गरेको सेवा होस् या दयावीर सिंह कसाकारको यी समाजसेवामा समर्पित व्यक्ति हुन् त्यसैले म पनि एक निस्वार्थी व्यक्तिका रूपमा समाजसेवामा लागि सहयोग र सद्भाव कायम गर्ने लक्ष्य बोकेको छु। स्वार्थी कुरालाई टाढा राखेर रोग, भोग, अन्याय, अत्याचार, विकृति, विसद्गति हटाउनका खातिर समाजसेवा गर्ने लक्ष्य मैने राखेको छ।

Mero Jivan ko Lakshya Nibandha
Also read:

हाम्रो नेपाल : हाम्रो गौरव निबन्ध

Reactions

Post a Comment

1 Comments

  1. Yep, Google translation is literally me in my Nepali subject exam🤓.

    ReplyDelete
Emoji
(y)
:)
:(
hihi
:-)
:D
=D
:-d
;(
;-(
@-)
:P
:o
:>)
(o)
:p
(p)
:-s
(m)
8-)
:-t
:-b
b-(
:-#
=p~
x-)
(k)