मलाई मनपर्ने साहित्यकार निबन्ध | Malai man parne shahityakar |

मलाई मनपर्ने साहित्यकार

भाषामा रहेका शब्दहरूलाई आकर्षक, रमणीय र मन नै हर्ने गरी कथा, उपन्यास, नाटक, कविता / काव्य, निबन्ध सिर्जना गर्ने मानिसलाई साहित्यकार भनिन्छ । साहित्यकारहरूको रोजाइ मानिसको विधा सापेक्ष हुन्छ । उपन्यास पढ्न रुचाउने पाठकलाई उपन्यासकार मनपर्छ भने कसैलाई कथाकार, नाटककार, निबन्धकार त कसैलाई गीतकार र कसैलाई कवि मन पर्छ । साहित्यका यी विभिन्न विधा भए पनि सुन्नमा आनन्द लाग्ने र धेरै कुरालाई कसिलो र सक्षिप्त रूपमा व्यक्त गर्ने साहित्यको विधा भनेको कविता भएकोले मलाई कविता विधा बढी मन पर्छ । नेपाली कविता लेखन परम्परामा गद्य र पद्म कविता लेखनको एउटा लामो लहर तयार भइसकेको छ । यस क्रममा मलाई भने सुन्नलाई आनन्द आउने, लयमा पनि निख्खरपन हुने भएकाले गद्य कविताभन्दा पद्य कविता पढ्न औधी रुचि लाग्छ यस क्रममा पनि सुन्दर र सरल शब्दमा गहन भाव अभिव्यक्त गरी कविता लेखन गर्ने भएकाले कविहरूको विचमा मलाई कविवर माधव प्रसाद घिमिरे सबैभन्दा बढी मन पर्छ ।


कविवर माधवप्रसाद घिमिरेको जन्म वि.स. १९७६ असोज ६ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको हो उनको नव-मञ्जरी, घाम पानी, बाललहरी, किन्नर- 1 किन्नरी जस्ता कविता सग्रह पापिनी आमा, गौरी राजेश्वरी, राष्ट्रनिर्माता, धर्ती माता, राहुल यशोधरा, नयाँ नेपाल जस्ता खण्डकाव्य र शकुन्तला, मालती मङ्गले, देउकी, अश्वत्थामा जस्ता गीति तथा काव्य नाटक प्रकाशित छन् । यी कृतिहरूमा राष्ट्रभक्ति र देशभक्तिको भावना उच्च बनेर प्रस्तुत भएको छ ।

कविवर माधव प्रसाद घिमिरेले वर्णमात्रिक, मात्रिक तथा लोक छन्द प्रयोग गरी कविता रचना गरेका छन् । उनका कवितामा सरल मानिसको जीवनलाई सचित्र उतारिएका छन् । उनी देश र समाज निर्माणका लागि कविताको शक्ति प्रयोग गर्न चाहन्छन् । उनी देशको विकास क्रान्तिबाट नभई शान्तिबाट हुने कुरामा जोड दिन्छन् । यदि घिमिरका कवितामा नेपाली माटो नेपाली गाउँ पाखा र पर्वतहरूको मूर्त चित्रण गरिएको छ उनी काव्यको वाह्य सजधजमा भन्दा पनि कविताको भावमा बढी केन्द्रित रहन्छन् । त्यसैले उनका कविता यान्त्रिक नभई स्वतःस्फुर्त छन् । उनका कविताले मजस्ता सहरमा बसी यान्त्रिक भएका मानिसलाई पनि गाउँको परिवेशमा पुयाई हरियाली सुन्दर वातावरणमा एकैछिनका लागि भए पनि विचरण गराई आनन्द दिलाउन सामर्थ्य राख्छ माधव घिमिरे थोरै शब्दमा धेरै कुरा भन्न खप्पिस कवि हुन् । संसार र जीवन बोध गर्न तथा मानवीय कर्तव्य के हो भन्ने जानकारी दिन उनका प्रत्येक कविता सक्षम र सशक्त छन् । उनी मानव समाजमा रहेको जातपात, धर्म, वर्गको सामाजिक विभेद रुचाउँदैनन् उनी यो संसारलाई ईश्वरीय रचना मान्दछन् |

महाकवि लक्ष्मीप्रसाद देवकोटा र सिद्धिचरण श्रेष्ठद्वारा नेपाली साहित्यको कविता विधामा सुरुवात गरिएको स्वच्छन्दतावादी धारालाई कवि माधवप्रसाद घिमिरेले प्रयोग गरेका छन् । यसका साथै कवि घिमिरेको कवितामा कवि शिरोमणि लेखनाथ पौड्यालको परिष्कारवादी धाराको पनि प्रभाव परेको छ । त्यसैले उनी परिष्कारवादी स्वच्छन्दतावादी कवि हुन् नेपाली गाउंघरमा प्रचलित लोकलयलाई कविता विधामा प्रयोग गरी जीवन्त बनाउने क्रममा पनि कवि घिमिरेको विशेष योगदान छ। यसैका कारण नै उनी सबै नेपाली कविता अनुरागीका विच लोकप्रिय भई राष्ट्र कविको उपाधि पउन सफल बनेका छन् तर देशले उनलाई यति र यसरी सम्मान गरेर मात्र पुग्दैन उनका कृतिहरू विभिन्न भाषामा रूपान्तरण गरी अब हामीले उनलाई संसारको कुना काप्यामा पुयाउन सक्नुपर्छ यही नै राष्ट्रकवि माथि हाम्रो सच्चा न्याय र भक्ति हुनेछ।

Malai man parne shahityakar nibandha
Also read:

Reactions

Post a Comment

0 Comments